बागलुङमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

बाग्लुङ | असार ६, २०८०

बागलुङमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

ढोरपाटन:  बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

 

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

 

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो छ  । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो र जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

 

मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ । रासस

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्